सभामुख सापकोटालाई अर्थमन्त्री शर्माले गरे बजेट ‘ब्रिफिङ’



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सभामुख अग्निप्रसाद सापकोटालाई सरकारले आगामी आर्थिक बर्षका लागि ल्याउन लागेको बजेटका बारेमा जानकारी गराएका छन् ।

शनिबार बिहान सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा अर्थमन्त्री जनार्दन शर्माले सभामुख सापकोटालाई आगामी आर्थिक बर्षको बजेट एवं प्राथमिकताका बारेमा जानकारी गराएका हुन् ।

भेटमा सभामुख सापकोटाले संघीय संसदको बजेटसँग जोडिएका विषयमा स्मरण गराए । भेटमा संघीय संसदका महासचिव डा. भरतराज गौतम, प्रतिनिधि सभाका सचिव गोपालनाथ योगी, अर्थ सचिव मधु कुमार मरासिनी,राजस्व सचिव कृष्णहरी पुष्कर लगायतको उपस्थिति रहेको थियो ।


क्लिकमान्डु