पेट्राेलियम पदार्थमा १० रुपैयाँ कर घटाउने मन्त्रिपरिषद्को निर्णय



काठमाडौं । सरकारले पेट्रालियम पदार्थमा १० रुपैयाँ कर घटाउने निर्णय गरेको छ ।

गत जेठ १० गते बसेको मन्त्रिपरिषद् बैठकले १० रुपैयाँ कर घटाउने निर्णय गरेको उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्र बडूका प्रेस सल्लाहकार टिकाराम सुनारले जानकारी दिए ।

सरकारले कर घटाएको अवस्थामा भारतीय आयल निगमबाट प्राप्त हुने मूल्यसूचीका आधारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन हुने नेपाल आयल निगमका प्रवक्ता विनिममणी उपाध्यायले जानकारी दिए ।

सरकारले हाल पेट्रोलियम पदार्थमा प्रतिलिटर २५ रुपैयाँ भन्सार शुल्क र १० रुपैयाँ पूर्वाधार कर लिँदै आएको छ ।

तत्कालीन केपी ओली नेतृत्वको सरकारले २०७२ सालमा बुढिगण्डकी जलविद्युत् आयोजना निर्र्माणका लागि भन्सार विन्दुमै पेट्रोलियम पदार्थमा प्रतिलिटर ५ रुपैयाँका दरले कर लगाउने निर्णय गरेको थियो ।

त्यसैगरी २०७५ सालमा पनि ओली सरकारले नै पूर्वाधार विकास करका नाममा पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ र भन्सार शुल्कमा १५ रुपैयाँ करलाई बढाएर २५ रुपैयाँ बनाउने निर्णय गरेको थियो ।


क्लिकमान्डु