सुधन गुरुङलाई भेट्दा भक्कानिइन् जेनजी शहीद रसिककी आमा

252
Shares

काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा र सांसद सुधन गुरुङबीचको भेट भावुक बनेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ललितपुरको ग्वार्कोमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उनीहरूबीच भेट हुँदा जेनजी आन्दोलनमा ज्यान गुमाएका रसिकका आमा खतिवडा भक्कानिएकी हुन् । त्यस क्रममा सुधन गुरुङले उनलाई अंगालो हाल्दै सान्त्वना दिएका थिए।

भ्रष्टाचारविरुद्ध र सुशासनको माग गर्दै काठमाडौंबाट सुरु भएको जेनजी आन्दोलनमा सुधन गुरुङ पनि सक्रिय रूपमा सहभागी थिए। सोही आन्दोलनका क्रममा काभ्रेका २३ वर्षीय रसिक खतिवडालाई गोली लागेको थियो।

रसिककी आमा रचना खतिवडालाई रास्वपाले समानुपातिक प्रणालीबाट सांसद बनाएको छ भने सुधन गुरुङ गोरखा क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित भएका हुन्।