एक महिनामा १७ करोड डलरले घट्यो विदेशी सञ्चिती



काठमाडौं । एक महिनामा १७ करोड अमेरिकी डलरले विदशी सञ्चिती घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार माघ मसान्तको तुलनामा फागुन मसान्तमा १७ करोड अमेरिकी डलरले विदेशी सञ्चिती घटेको छ ।

माघ मसान्तमा ९ अर्ब ७५ करोड अमेरिकी डलर विदेशी सञ्चिती रहेको थियो । फागुन मसान्तसम्म ९ अर्ब ५८ करोड अमेरिकी डलर विदेशी सञ्चिती रहेको छ । फागुन मसान्तसम्मको विदेशी सञ्चिती र आयातको स्थितीले साढे ६ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने स्थिती रहेको राष्ट्र बैंकले जनाएको छ ।

चालु आर्थिक वर्षको सुरुको महिनादेखि नै उच्च आयातले विदेशी सञ्चिती घट्दै गएको देखिन्छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ फागुन मसान्तमा १८.५ प्रतिशतले कमी आई ९ अर्ब ५८ करोडमा झरेको छ ।


क्लिकमान्डु