२ घन्टा नपुग्दै टिएमएस बिग्रिएपछि बन्द भएको सेयर कारोबार खुल्ने नखुल्नेमा अझै अन्योल



काठमाडौं । सोमबार ट्रेड म्यानजमेन्ट सिस्टम (टिएमएस)मा समस्या देखिएपछि रोकिएको सेयर कारोबार अझै पनि खुल्ने वा नखुल्ने भन्ने अन्यौल कायमै रहेको छ ।

बिहान ११ बजार ५३ मिनेटपछि टिएमएसमा समस्या देखिएपछि रोकिएको कारोबार खुल्ने वा नखुल्ने अन्योलता कायमै छ ।

स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सन्तोष मैनालीका अनुसार टिएमएसमा देखिएको समस्या समाधान उन्मुख अवस्थामा पुगेको छ । ‘३० वटा जति ब्रोकरको टिएमएसमा समस्या देखिएको र एउटा सर्वरमा भएको डेटा अर्कोमा सार्ने काम सकिएको छ’ उनले भने ‘अब सबै ब्रोकरको सस्टम अन होस, अनी मात्रै कारोबार समय थप्ने वा नथप्ने विषयमा भन्न सकिन्छ ।’

ब्रोकरले २ वटा सिस्टममा डेटा राख्ने गरेकोमा एउटामा समस्या आएपछि अर्कोमा डेटा सार्ने काम सकिएको र केहीको सिस्टम पनि अन भइसकेको उनको भनाइ छ । केही ब्रोकरको सिस्टम अझै अन नभएकोले त्यो पनि अन भएपछि कारोबार के गर्ने भन्ने बिषयमा छलफल गर्ने बताए ।

कारोबारपछि पनि सेटलमेन्ट लगायतका धेरै काम हुने र अब कारोबार खोल्दा ३ घन्टा कारोबार हुने भएकोले यो विषयमा नेप्सेसँग छलफल गर्ने उनको भनाइ छ ।

नेप्सेका सीइओ कृष्ण कार्कीले सबै ब्रोकेकार सिस्टक अन भएपछि धितोपत्र बोर्डसँग समन्वय गरेर आवश्यक काम अघि बढाउने बताए । सबै सिस्टम अन नभएका कारण अहिले यसै भन्न सकिने अवस्था नरहेको उनको भनाइ छ । यो विषयमा आफुले प्राविधिकहरुसँग पनि छलफल गरिरहेको बताए । सोमबार ब्रोकरको टिएमएसमा समस्या देखिएपछि सुरुको १ घन्टा ५३ मिनट मात्रै कारोबार भएको छ ।


क्लिकमान्डु