ब्रोकरको प्रविधिमा समस्या आउँदा चलेन टिएमएस



काठमाडौं । सोमबार सेयर कारोबार सुरू भएदेखि नै केही ब्रोकर कम्पनीको टे«ड म्यानजमेन्ट सिस्टम (टिएमएस)मा समस्या देखिएको छ । जसले गर्दा लगानीकर्ताले सहजै सेयर कारोबार गर्न पाएका छैनन् भने बजारको उतार चढाबको विषयमा पनि जानकारी पाउन सकेका छैनन् ।

कोबार सुरुभएलगत्तै १६, १७ वटा ब्रोकरको डाटा सेन्टरमा समस्या देखिएको पाइएको छ । नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार १६, १७ वटा ब्रोकरको सर्भरमा प्राविधिक समस्या देखिएपछि टिएमएस नचलेको जानकारीमा आएको छ ।

‘ब्रोकरको डेटा सेन्टरमा समस्या देखिएको छ’ उनले भने ‘यो समस्या सम्बन्धित ब्रोकरले समाधान गरेपछि लगानीकर्ताले सहजै कारोबार गर्न सक्नेछन् । यसको लागि ब्रोकरहरुको प्राविधिक समूहले काम गरिरहेको जानकारीमा आएको छ ।’

यो समस्यामा नेप्सेको सिस्टममा नभएको प्रवक्ता पराजुलीको भनाइ छ । अहिलेसम्म नेप्सेको टिमएसमा कुनै समस्या नरहेको र ब्रोकरबाट नै समस्या सृजना भएको उनको भनाइ छ ।


क्लिकमान्डु