ग्रीन भेन्चर्सले सवा ३१ करोडको आइपीओ ल्याउने, कति दिने आवेदन ?



काठमाडौं । ग्रीन भेन्चर्सले साधारण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँको दरले ३१ करोड २५ लाख रुपैयाँको ३१ लाख २५ हजार कित्ता आइपीओ निष्काशन गर्न लागेको हो । जसमा १ लाख ५६ हजार २५० कित्ता सामुहीक लगानी कोष र ९३ हजार ७५० कित्ता सेयर कर्मचारीलाईै छट्याएको छ । बाँकी रहेको २८ लाख ७५ हजार कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

आइपीओमा चैत ८ देखि ११ गतेसम्म आवेदन दिन सकिनेछ । ११ गतेसम्म माग अुनसार आवेदन नपरेको खण्डमा चैत २२ गतेसम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ । लगानीकर्ताले आइपीओमा सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।


क्लिकमान्डु