जाल्पा सामुदायिक लघुवित्त नेप्सेमा सूचीकृत



काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकरण गर्न सम्झौता भएको छ ।

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र नेपाल स्टक एक्सचेन्जबीच सम्झौता भएको हो । सम्झौतापत्रमा जाल्पाको तर्फबाट बीर बहादुर अधिकारी र नेप्सेको तर्फबाट सीइओ कृष्ण बहादुर कार्कीले हस्ताक्षर गरेका छन् ।

लघुवित्तले माघ २१ देखि २५ गतेसम्म निष्काशन गरेको आइपिओको बाँडफाँड फागुन १ गते गरेको छ । आइपीओ सेयरधनीहरुको हितग्राही खातामा जम्मा भइसकेको निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।
लघुवित्तले प्रभु क्यापिटललाई फागुन १३ गतेदेखि सेयर रजिष्ट्रारमा नियुक्त गरेको छ


क्लिकमान्डु