प्रि-ओपनिङमा सेयर बजारमा गिरावट
काठमाडौं । प्रि-ओपनिङमा सेयर बजारमा गिरावट देखिएको छ ।
बजार मापन गर्ने सूचक २.५५ अंकले घटेर २५१२.०४ बिन्दुमा रोकिएको छ ।
यो दिनको कारोबारमा सूचकमा भने गिरावट देखिएको छ । कम्पनीको १ हजार २७० कित्ता सेयर १३ लाख ४० हजार ९५९ रुपैयाँमा किनबेच भएको छ ।
कारोबारमा बैंकिङ समूहको उपसूचक ४.५७, फाइनान्स ४.५५, जलविद्युत ३.४२ अंकले घटेको छ भने जीवन बीमा समूहको उपसूचकमा २१.३४ अंकको बढोत्तरी देखिएको छ ।