प्रि-ओपनिङमा सेयर बजारमा सामान्य सुधार, सवा करोडको कारोबार



काठमाडौं । पि–ओपनिङ कारोबारमा सोमबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । बजार मापन गर्ने सूचक ८.५५ अंकले बढेर परिसूचक २६६२.२६ बिन्दुमा रोकिएको छ ।

५४ कम्पनीको २ लाख ५ हजार ७७ कित्ता सेयर १ करोड २४ लाख २५ हजार ४५४ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचक १.३३, विकास बैंक ३९.६०, फाइनान्स २.६१, जलविद्युत ४८.६७, माइक्रोफाइनान्स २.९१, निर्जीबन बीमा समूहको उपसूचक ७.०१ अंकले बढेको छ ।


क्लिकमान्डु