नेष्डो समृद्ध लघुवित्तको आइपिओमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको आइपीओमा आवेदन दिने आज (आइतबार) अन्तिम दिन हो ।

आवेदन कर्ताले आज कार्यालय समयभित्रै आवेदन दिइसक्नुपर्ने छ । नेष्डोले फागुन ११ गतेदेखि आजसम्मका लागि आइपीओ निष्काशन गरेको छ ।

अहिलेसम्म आइपीओमा मागभन्दा बढी आवेदन परिसकेको छ । जसले गर्दा आज नै आवेदन दिने अन्तिम दिन भएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ८ लाख २८ हजार ७५० कित्ता आइपीओ जारी गरेको छ ।

जसमा ४१ हजार ४३७ कित्ता सेयर सामूहिक लगानी कोष र १२ हजार ७५० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ७ लाख ७४ हजार ५६३ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने छ । आवेदन आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट दिन सकिने छ ।


क्लिकमान्डु