
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मुगु जिल्लाको एम मात्र निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार खड्ग शाही विजयी भएका छन् ।
उनले ७ हजार ९ सय १४ मत प्राप्त गरी जीत हासिल गरेका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पूर्ण बहादुर रोकायाले ६ हजार ७ सय १२ प्राप्त गरेका छन् ।
नेपाली कम्युनिस्ट पार्टीका चन्द्र बहादुर शाही ५ हजार ५ सय ५८ मतका साथ तेस्रो स्थानमा रहे ।








प्रतिक्रिया