सम्पूर्ण अपडेट

कैलाली–२ मा रास्वपाका केपी खनाल विजयी

77
Shares

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत कैलाली जिल्लाको क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार केपी खनाल विजयी भएका छन् ।

उनले १९ हजार ५७ मत ल्याएका जीत हासिल गरेका हुन् ।

खनालका निकटतम प्रतिद्वन्द्वी नागरिक उन्मुक्ति पार्टी नेपालका पतिराम चौधरीले ११ हजार ९ सय ४९ मत प्राप्त गरे ।

तेस्रो स्थानमा रहेका नेकपा एमालेका सूर्य बहादुर थापा ७ हजार ८ सय ८६ मत ल्याएका छन् ।