
काठमाडौं । सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले जितको खुसीयालीमा लेखेको स्टाटसमा झापा-५ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले कमेन्ट गरेका छन् । जितको खुलीयाली मनाइरहेका हर्कलाई रास्वपाका शाहले सामाजिक सञ्जालबाट हर्क र धरानलाई माया दर्शाएका हुन् ।
साम्पाङले लेखेका थिए, ‘लु अब चाहिँ सुनसरी–१ बाट म पहिलो भएको घोषणा गर्दछु । जय माटो, जय देश, जय श्रम संस्कृति ।’ सोही स्टाटसमा बालेनले कमेन्ट गर्दै भनेका छन्, ‘तपाईलाई सधैं माया थियो, छ र रहन्छ। तपाईं र धरानलाई सधैं माया छ।’
साम्पाङले सामाजिक सञ्जालबाट बालेनको बिरोध गर्दै आएका छन् । यसअघि पनि बालेनले साम्पाङको स्टाटसमा ‘आईलभ यू’ भन्दै कमेन्ट गरेका थिए ।









प्रतिक्रिया