रिद्धि सिद्धि सिमेन्टका सञ्चालक खरेलको निधन



काठमाडौं । रिद्धि सिद्धि सिमेन्ट प्रालिका सञ्चालक राजेश खरेलको निधन भएको छ । उनको ४५ वर्षको उमेरमा निधन भएको हो ।

२०७३ सालमा हेटौंडाको रातोमाटेमा स्थापित रिद्धि सिद्धि सिमेन्ट, शंकर गु्रप र अम्बे गु्रपको भेञ्चर हो । स्थापनाकालको ५ वर्षभित्रै अतुलनीय गुणस्तरका उत्पादन तथा नवप्रबर्तनात्मक सेवा उपलब्ध गराउने कम्पनीका रुपमा रिद्धि सिद्धि स्थापित भइसकेको छ ।

यसरी स्थापनाको छोटो अवधिमै नेपाली उपभोक्ता माझ सफल र विश्वसनीय कम्पनीका रुपमा रिद्धि सिद्धिलाई स्थापित गराउनमा स्व. खरेलको अथक मिहेनत, अतुलनीय निस्वार्थ समर्पण र कार्यप्रतिको निष्ठाले उल्लेखनिय भूमिका रहेको भन्दै कम्पनीले दुःख व्यक्त गरेको छ ।

‘कर्मठ, निस्वार्थ सञ्चालकलाई अल्पायूमै गुमाउनु पर्दा रिद्धि सिद्धि सिमेन्ट प्रालि परिवार निकै मर्माहत भएको कम्पनीले जनाएको छ,’ कम्पनीले भनेको छ ।


क्लिकमान्डु