धोनीको चेन्नई सुपर किंग्सः आइपीएलमा मात्रै होइन सेयर बजारमा पनि गर्दैछ धमाल



काठमाडौं । आगामी महिनाबाट शुरु हुने इन्डियन प्रिमियर लिगका फ्यान नेपालमा पनि उत्तिकै छन् । अझ भनौं, भारतीय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्र सिंह धोनीको टीम चेन्नई सुपर किंग्सले प्रदर्शन आइपीएलको इतिहासमा निकै शानदार छ ।

आइपीएलमा मात्रै होइन, यसले पछिल्लो समयमा सेयर बजारमा पनि धमाल गरिएको छ । अर्थात् लगानीकर्ताका लागि राम्रो रिटर्न दिइरहेको छ ।

आइपीएलमा भएका टीमध्ये चेन्नई एउटा मात्रै यस्तो टीम हो जसको सेयर ट्रेडिङका लागि उपलब्ध छ । अघिल्लो वर्ष यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७० देखि ८० भारु रहेकोमा अहिले सेयर मूल्य बढेर २०५ देखि २१० भारु पुगेको छ ।

अर्थात् एक वर्षमा कम्पनीको सेयर मूल्यमा १५० प्रतिशतभन्दा बढी रिर्टन प्राप्त भइसकेको छ । सन् २०१८ मा चेन्नई सुपर किंग्सको सेयर मूल्य १२/१५ भारु थियो ।

केही समय अघि आइपीएल अक्सनमा कोटक महिन्द्र एएमसीले कम्पनीको १ लाख कित्ता सेयर बिक्रीका लागि बोली आह्वान गरेको थियो । यो बोली १४ फेब्रअरीदेखि ३० दिनका लाथि थियो । आइपीएलमा लखनउ र अहमदाबाद टीमको उच्च मूल्यांकन भएपछि चेन्नइका लगानीकर्ताको आत्मविश्वास पनि बढेको छ ।


क्लिकमान्डु