वित्तीय संस्थाका संस्थापकले अर्को संस्थाको संस्थापक सेयर किन्नुअघि राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने



काठमाडौं । बैंक तथा वित्तीय संस्थाका संस्थापक सेयरधनीले अर्को कुनै संस्थाको संस्थापक सेयर खरिद गर्नका लागि बैंकको पूर्वस्वीकृति लिनुपर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले ‘क’। ‘ख’, ‘ग’, ‘घ’ वर्गका इजाजतपत्रप्राप्त संस्थालाई जारी गरिएको एकीकृत निर्देशन संशोधन तथा परिमार्जन गर्दै यस्तो व्यवस्था गरेको हो ।

‘कुनै एक बैंक तथा वित्तीय संस्थाको एक प्रतिशत वा सोभन्दा बढी संस्थापक सेयर धारण गर्ने वा गरेका सेयरधनीले सो संस्था बाहेक अन्य अन्य कुनै बैंक तथा वित्तीय संस्थाको सेयर खरिद÷बिक्री गर्नुपूर्व अनिवार्य रुपमा यस बैंकको स्वीकृति लिनुपनेछ,’ निर्देशिकामा भनिएको छ ।


क्लिकमान्डु