अपडेटः ब्याजदर बढेर प्यानिक बनेको सेयर बजार ९७ अंक बढीले घट्यो



काठमाडौं । बैंकहरुले निक्षेपको ब्याजदर धमाधम बढाएपछि सेयर बजारको त्यसको प्रत्यक्ष प्रभाव देखिएको छ । २ घन्टाको अवधिमा सेयर बजारमा
९७ अंक भन्दा बढीको गिरावट देखिएको छ ।

यो समाचार तयारपार्दासम्म सेयर बजारमा ९७.३२ अंकले घटेर २७०४.२४ बिन्दुमा पुगेको छ । २ घन्टाको अवधिमा बजारमा ३.४७ प्रतिशतको गिरावट देखिएको हो ।

बैंकले निक्षेपमा बढाएको ब्याजका कारण बजारमा पहिरो गएको लगानीकर्ताको भनाइ छ । अहिलेको अस्थिर बजारमा लगानीगर्नु भन्दा बैंकको मुद्दति निक्षेपमा पैसा राखेर ब्याज खान फाइदा देखेपछि बजार प्यानिक बनेको जानकार लगानीकर्ताको भनाइ छ ।

बजारमा आएको गिरावटले कारोबार रकममा पनि निरासा कायमै रहेको छ । अहिलेसम्म २२१ कम्पनीको ६४ लाख १७ हजार ७६३ कित्ता सेयर ३ अर्ब ३४ करोड ४६ लाख ८ हजार ५४१ रुपैयाँको सेयर कारोबार भएको छ ।


क्लिकमान्डु