नेता डा. दुमन थापाको निधन



नेकपा (एकीकृत समाजवादी) का नेता डा. दुमन थापाको ६२ वर्षका उमेरमा गए राति निधन भएको छ ।

मिर्गाैला रोगबाट ग्रसित उनको मण्डिखाटारस्थित ह्यामस् अस्पतालमा उपचारका क्रममा निधन भएको पार्टीका केन्द्रीय सदस्य मोहन गौतमले जानकारी दिए ।

डा. थापा पार्टीको निर्वाचन आयोगको सदस्यका रुपमा क्रियाशील थिए ।

संयुक्त राज्य अमेरिकाबाट कृषि विषयमा विद्यावारिधी गरेका नेता डा. थापा दोस्रो संविधानसभाको निर्वाचनमा अर्घाखाँची क्षेत्र नं २ बाट निर्वाचित भएका थिए । उनकाे आजै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने छ ।


क्लिकमान्डु