लघुवित्तलाई २० प्रतिशतभन्दा बढी लाभांश बाँड्न राष्ट्र बैंकको कडाइ, प्रोभिजन बढ्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्तलाई २० प्रतिशतभन्दा बढी लाभांश बाड्न कडाई गरेको छ ।

नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिका जारी गर्दै लघुवित्तले २० प्रतिशतभन्दा बढी बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा २० प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नु पर्नेछ । २० प्रतिशतभन्दा बढी लाभांश बाड्दा थप रकम रिजर्बमा राख्नुपर्ने हुँदा लघुवित्तलाई २० प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न कठिनाई हुने देखिएको छ ।

लघुवित्तको प्रोभिजनको व्यवस्थालाई परिवर्तन गर्दै केन्द्रिय बैंकले थप प्रोभिजन गर्नुपर्ने व्यवस्था गरेको छ ।

कोभिड १९ महामारीको कारणले बैंकिब सम्पत्तिको गण्ु ास्तरमा परेको प्रभावलाई दृष्टिगत गरी समग्र वित्तीय स्थायित्व प्रबर्धन गर्न असल बर्गमा वर्गीकरण भएका कर्जाको हकमा इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले आ.ब. २०७७/७८ को वार्षिक वित्तीय विवरण तयार गर्दादेखि साधारण कर्जा नोक्सानी व्यवस्था १ प्रतिशतको अतिरिक्त ०.३ प्रतिशत थप गरी कुल १.३ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्नेछ ।

राष्ट्र बैंकको नयाँ व्यवस्थाले ०.३ प्रतिशत बिन्दुले लघुवित्तले प्रोभिजन थप गर्नुपर्छ ।


क्लिकमान्डु