बैंक तथा वित्तीय संस्थालाई नगद लाभांश वितरणमा राष्ट्र बैंकको कडाइ



काठमाडौं । नेपाल राष्ट्र बैंक बैंक तथा वित्तीय संस्थालाई नगद लाभांश वितरणमा कडाइ गरेको छ । सोमबार एक निर्देशिका जारी गर्दै राष्ट्र बैंकले नगद लाभांश वितरणमा कडाइ गरेको हो ।

राष्ट्र बैंकले गरेको नयाँ व्यवस्थामा बैंक तथा वित्तीय संस्थाले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट कुल लाभांशमा ३० प्रतिशतभन्दा बढी नगद लाभांश वितरण गर्न पाउने छैनन् ।

बैंक तथा वित्तीय संस्थाले कुल लाभांशको ३० प्रतिशत नगद लाभांश बाँड्दा पनि औसत ब्याजदरभन्दा बढी नगद लाभांश दिन पाउने छैनन् ।

बैंकहरुको औसत ब्याजदर करिब ५ प्रतिशत छ । यस आधारले हेर्दा गत वर्षको नाफाबाट सेयरधनीले बोनस सेयर नै बढी पाउने देखिएको छ ।


क्लिकमान्डु