२१ हाइकुः नीरव पुडासैनी



अक्षरको रास

सम्बोधनको जात्रा

कानलाई बतास ।

बिचौलियाको रजगज

जनता आक्रान्त

घनानंदको ढुकुटी

वैश्विक महामारी

देशभक्तिको पर्याय

कात्रोमा खल्ति

कोरोनाको त्रास

राजनीतिको भाग

जनतालाई फिस्स ।

घनानन्दको तर्क

जनताको ‌सेवक

चाणक्य अवाक ।

तर्क भित्रको कुतर्क

त्यो‌ भन्दा‌ म‌ ठिक

तँ चुप मेरो‌ सुन ।

विघटनको संघारमा

एकतामा‌ बल छैन

कोरोनाको कहर ।

गोरुको बाह्रै टक्का

म बोल्दा तँ किन

महाराज हुने लक्षण ।

जनहरु‌ आक्रान्त

सडकमा राहत

शब्दहरुको सम्बोधन ।

१०

कोरोनाको कहर

लकडाउनको दवाई

मिथ्याकरणको‌ जन्म।

११

समाजिक दुरी शुन्य

आर्थिक स्थिति

भाँडहरुको लुट।

१२

मन्दिरमा देवता

रित्तिएका थाल

अक्षरको भकारी।

१३

दम्भ कति हो

चेत नआउने

भ्रष्टाचार सही ।

१४

दन्ते कथा होईन

बर्तमानको

म नै हो सही ।

१५

रुप नफेरीएको

सासकहरु

सर्वहारा ।

१६

हाम्ले‌ मान्दिनु‌ पर्ने

भोट पनि हाल्दिनु

जिताइ पनि दिने

१७

हामी माथि रजाइ

सहर्ष स्वीकार गर्नु

रैति सरह केही

१८

नबोल बुझ केही

स्याल पुजा

पुज ब्वाँसाहरु

१९

कोरोनाको श्रोत

रोष्टममा थुक

बेतुके भाषण

२०

थुकको महिमा

माईक लाचार

थुकिलो बिचार

२१

एक थुकि सुकी

बिचारको अन्त्य

गणतन्त्र लाचार


क्लिकमान्डु