लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा



काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । आइतबार बिहान उनले राजीनामा बुझाएका हुन् ।

विपक्षीको निवेदनका आधारमा आज विशेष अधिवेशन बस्नुअघि मुख्यमन्त्री पोखरेलको राजीनामा आएको हो । अब लुम्बिनी प्रदेशमा नयाँ सरकारका लागि बाटो खुला भएको छ ।

यसअघि उनी विरुद्ध बैशाख ६ गते अविश्वासको प्रस्ताव दर्ता भएको थियो । सो प्रस्तावमा छलफलका लागि बोलाइएको विशेष अधिवेशन आजदेखि शुरु हुँदै थियो ।

८७ जना सदस्य भएको प्रदेशसभामा माओवादी केन्द्रका २ जना र जनता समाजवादी पार्टीका ४ जना पदमुक्त भएकाले ८१ सदस्यीय भएको छ । जसमा पोखरेलको पार्टी नेकपा एमालेका ४१ सांसद छन् । एमालेलाई बहुमतका लागि ४१ मत चाहिन्छ ।

विशेष अधिवेशनमा अविश्वास प्रस्तावमाथिको मतदानमा फ्लोर क्रस हुँदा सरकार ढल्ने अवस्था देखेपछि पोखरेलले राजीनामा दिएका हुन् ।


क्लिकमान्डु