कोरोना फैलने दर डरलाग्दो छ, अस्पतालमा बेड नपाउने अवस्था छः स्वास्थ्य मन्त्रालय



काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको संक्रमण दर उच्च भएकाले अस्पतालमा बेड नपाउने अवस्था सिर्जना भएको बताएको छ ।

मन्त्रालयले देशको स्वास्थ्य प्रणाली थेग्नै नसक्ने गरी संक्रमण फैलिरहेको यो अवस्थामा सबैलाई संवेदनशिल बनिदिन आग्रह समेत गरेको छ ।

मन्त्रालयले कोरोना भाइरसबाट बच्नका लागि सबैलाई संवेदनशिल हुन आग्रह गरेको छ । मन्त्रालयले कुनै पनि मार्गबाट देश विदेश जाने आउने वा आन्तरिक र बाह्य पर्यटनका लागि कहीँ कतै जाने कामहरु पूर्णरुपमा बन्द गर्न समेत आग्रह गरेको छ ।

‘कुनै पनि सार्वजनिक स्थलहरुमा जाने, भिडभाड गर्ने कामहरु बन्द गर्ने गराउने कामहरु गर्ने अन्यन्तै जरुरी छ । जनस्वास्थ्यका मापदण्डहरु संवेदनशिल भइ कडा रुपमा पालना गर्न गराउनु पर्छ,’ मन्त्रालयले भनेको छ ।


क्लिकमान्डु