एमसीसीबाट त्यत्रो पैसा सित्तैमा आएको छ, अमेरिकी सेना नेपाल आउँछ भनेर झुट फैलाउने ?: देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसीमार्फत् ठूलो रकम नेपाललाई अनुदानमार्फत् आउने भएकाले त्यसलाई स्वीकार गर्नुपर्ने बताए ।

उनले एमसीसी आफूले मात्रै नभइ डा. बाबुराम भट्टराई र सुशील कोइराला प्रधानमन्त्री भएको बेलामा आएको बताए ।

‘मेरो पालामा क्याबिनेटबाट पास भएको हो, त्यत्रो पैसा अनुदान आएको छ, अब नेपालमा अमेरिकी सेना आउँछ भनेर झुट फैलाए,’ उनले भने ।

शुक्रबार नेपाली कांग्रेसले आयोजना गरेको पत्रकार सम्मेलनमा सरकार बनाउन आफूहरुसँग संख्या नपुगेको समेत बताए ।
‘अहिले संख्या पुगेको छैन, एक पटक अविश्वासको प्रस्ताव पेश गरी फेल भएमा २ वर्ष समय लाग्छ, त्यसैले अहिले संख्या पुगेको छैन,’ उनले भने ।


क्लिकमान्डु