नेपालमा पनि दोहोरिन सक्छ चमोलीको नियती, उत्तरी क्षेत्रका अधिकांश हाइड्रोपावर जोखिममा
काठमाडौं । भारतको उत्तराखण्डको चमोलीमा आएको हिमबाढीका कारण दुई वटा जलविद्युत् आयोजना पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार चमोली जिल्लामा मात्रै ७ वटा जलविद्युत् आयोजना सञ्चालनमा छन् ।
त्यसमा ऋषि गंगा पावर प्रोजेक्ट सबैभन्दा बढी प्रभावित भएको छ । बाढीका कारण सो परियोजना बन्द भएको छ । यस्तै चमोली हाइड्रोपावर पनि हिमबाढीले समस्यामा पारेको छ ।
विष्णुप्रयास हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट, बिरही गंगा हाइड्रो पावर, जलविद्युत् निगम, मेलखेत हाइड्रो पावर र राजभक्ती हाइड्रो पावर प्रोजेक्ट सो जिल्लामा छ । ऋषि गंगा पावर प्रोजेक्ट आयोजनाबाट ७० मेगावाट बिजुली उत्पादन हुन्छ । सोही नामबाट अर्को परियोजना पनि निर्माण गरिएको छ । त्यसको क्षमता १३ मेगावाट छ ।
यस्तै, बाढीका कारण समस्यामा परेको अर्को आयोजनाबाट ५ मेगावाट विद्युत् उत्पादन हुन्छ ।
उत्तराखण्डमा मात्रै हालसम्म झण्डै ७ हजार मेगावाट बिजुली उत्पादन भएको छ । ठाडा नदीमा नजिक नजिकै जलविद्युत् आयोजना निर्माण गरिएका छन् । किनकी भारतको उत्तराखण्ड पावर स्टेशनको रुपमा समेत विकसित भएको छ ।
तर पछिल्ला दिनमा जलवायु परिवर्तनका कारण विशेष गरी नदी प्रवाहमा आधारित जलविद्युत् आयोजना भने समस्यामा पर्न थालेका छन् । चमोलीमा आएको बाढीका कारण निर्माणाधिन जलविद्युत् आयोजनामा समेत क्षति पुगेको छ ।
खनिएको कूल ३ किलोमिटर लामो सुरुङमध्ये २ किलोमिटर क्षेत्रमा हिलो पसेको छ । सुरुङभित्र निर्माण गरिएका संरचनासमेत क्षतिग्रस्त भएका छन् । बाढीका कारण हराएका मानिसहरुको संख्या २०० नाघेको छ ।
यस्तै २० भन्दाबढी कामदारको ज्यान गएको छ । तपोवन परियोजनाको क्षमता ५२० मेगावाट पुर्याउने योजनाअनुसार काम भइरहेको छ । तपोवन परियोजना हाल निर्माणको क्रममा रहेको छ । एनटीपीसीले सो परियोजना निर्माण गरिरहेको छ ।
जलवायु परिवर्तनको असरः हिमनदीले निम्त्याउँदै छ ठूलो विपद्, नेपाल उच्च जोखिममा
आइतबार बाढीले बगाएको ऋषिगंगा परियोजना सन् २०१६ मा समेत बाढीले बगाएको थियो । बाढीले बगाएका कारण परियोजना बन्द भएपछि लगानीकर्ता बैंकले सो परियोजना कुन्दल समूहलाई जिम्मा लगायो ।
कुन्दल समूहले सो आयोजना ४५.६२ करोडमा लिएको थियो । बाढीका कारण सो आयोजनाको कूल ११२ करोड बराबरको नोक्सानी भएको सो समूहले टिव्टरमार्फत् जानकारी दिएको छ । सन् २०१९ बाट बिजुली उत्पादन शुरु गरेको आयोजना २ वर्ष पूरा नहुँदै पुनः बन्द भएको छ ।
उत्तराखण्डको चमोली जिल्लामा आएको बाढीका कारण एनटीपीसीको तपोवन हाइड्रोपावर प्रोजेक्टमा समेत नोक्सानी भएको छ । सो परियोजनाको कूल क्षमता ५२० मेगावाट छ ।
त्यसमा कूल १३० मेगावाट क्षमतामा ४ यूनिट रहनेछ । आयोजना निर्माणाधिन अवस्थामा छ । कूल ३००० करोड बराबरको लगानीमा सो आयोजना निर्माण भइरहेको छ ।
हिमताल बिष्फोटन हुँदा बरफ, ढुङ्गा र माटोले बनेको बाँध फुटाई हिमतालमा रहेको अधिकांश पानी एकैपटक निस्कनाले अचानक बाढीको रुप लिई तल्लो तटीय क्षेत्रमा आउने हुन्छ । त्यसले माथिल्लो क्षेत्रमा भन्दा पनि तल्ला क्षेत्रमा बढी नोक्सान गर्नेछ । विशेषगरी च्छोरोल्पा तालले सधै जोखिम नै पारिरहेको छ ।
सो आयोजनाको बाँध ऋषिगंगा र धौलीगंगा नदीको संगममा छ । सो परियोजनाको अझै बिजुली उत्पादन भएको छैन । एनटीपीसीले ट्विटरमार्फत् तपोवन परियोजनामा क्षति पुगेको छ । बाँकी रहेको काम तथा निर्माणाधिन संरचना बचाउने प्रयास भइरहेको जनाएको छ । संरचना बचाउनका लागि जिल्ला प्रशासन तथा स्थानीय प्रहरीको सहयोग लिएको जनाएको छ ।
यो त भयो भारतको विषय । अब नेपालका केही नदीको अवस्था हेरौं ।
विभिन्न अध्ययनअनुसार नेपालको दुधकोशी, तमोर, कालिगण्डकी अरुण, मुगु कर्णाली सुनकोशी, भोटेकोशी, अरुण, त्रिशुलीजस्ता नदीमा पनि बाढी पहिरो तथा हिमताल बिस्फोट भएर आउने सम्भवना देखिन्छ ।
नेपालको उत्तरी क्षेत्रमा मात्रै ३ हजार बढी साना ठूला हिमलात रहेका छन् । जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि हुँदा अन्य धेरै नयाँ नयाँ हिमताल बन्दै गरेको इसिमोडले गरेको अध्ययनमा पनि देखिन्छ ।
सरकारी तथा निजी क्षेत्रले निर्माण गरिरहेका अधिकाशं आयोजना उत्तरी क्षेत्रमा रहेको छ । ती आयोजना हिमरेखाको आसपासमा छ । रसुवागढीकै कुरा गरौं । सो आयोजना नेपाल-चीन सीमा नजिक छ । सो आयोजनासमेत हिमताल बिस्फोटको जोखिममा पर्न सक्छ । चीनको तिब्बतमा रहेको केरुङ हिमाल सो आयोजनाको नजिकै रहेको छ ।
अरुण नदीमा मात्रै झण्डै एक दर्जन बढी आयोजना निर्माण हुने क्रममा छ । अरुण तेस्रो भारतीय कम्पनीले निर्माण गरिरहेको छ । किमाथांका अरुणको अध्ययन भइरहेको छ । हालैमात्र तल्लो अरुण पनि भारतीय कम्पनीले पाएको छ । तिब्बतबाट बग्दै आउने सो नदीमा पनि हिमताल बिस्फोट भएर आउने खतरा उत्तिकै रहेको अध्ययनबाट देखिएको छ ।
यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी नदीको अवस्था पनि उस्तै छ । जुरेको पहिरो, गोरखा भूकम्प तथा अन्य साना ठूला बाढी पहिरोका कारण सिन्धुपाल्चोकमा निर्माण सम्पन्न भएका र निर्माणमा रहेका आयोजना समेत समस्यामा पर्दै आएका छन् । भोटेकोशी आयोजना बाढीका कारण लामो समय बन्द हुन पुग्यो । निर्माणाधीन मध्यभोटेकोशी आयोजासमेत गत वर्षको बाढीमा प्रभावित भयो ।
एक देशमा हिमताल बिष्फोटन भएर अर्को देशमा नोक्सान पुर्याएको घटनाको रुपमा सन् १९६४ र १९८१ मा चीनको तिब्बतमा रहेको जाङजाङबो हिमतालको बिष्फोटनको बाढीले नेपालको सीमानाभित्र क्षति पुर्याएको थियो ।
एउटै देशभित्र सीमित घटनाको रुपमा सन् १९८५ मा नेपालको खुम्बू क्षेत्रको डिग चो हिमतालको बिस्फोटनलाई लिन सकिन्छ । सो बिस्फोटले तल्लो तटीय क्षेत्रमा ठूलै प्रभाव पारेको थियो ।
यस्तै, हिमालय क्षेत्रमा मानिसको जानकारीमा रहेको अहिलेसम्मकै सबभन्दा ठूलो र विनाशकारी हिमजलाशय बिष्फोटनको घटना भने सन् १९५४ को ब्रम्हपुत्र नदीको हो । सो नदीको मुहान क्षेत्रमा रहेको साङबाङचो हिमजलाशय बिष्फोटनको बाढीलाई नै मानिएको छ ।
जसले मुहानबाट १२० किमि टाढा रहेको ग्यात्से शहरमा धेरै क्षति पुर्याएको थियो भने २०० किमि टाढा रहेको शिगात्से शहरमा पनि नोक्सान गरेको थियो ।
नेपालमा हिमताल बिष्फोटनको अध्ययन नेपाल लगायत हिन्दकुश-हिमालय क्षेत्रमा इसिमोडले यसका शुरुका दिनदेखि हिमक्षेत्र र यससँग सम्बन्धित विषयबारे सन् १९८१ मा जाङजाङबो हिमताल बिष्फोटनको बाढीपछि खिचिएको क्षतिग्रस्त कोदारी राजमार्ग (बाया) र नारे हिमताल बिष्फोटनले छोडेको बाढीको असर नेपालमा रहेका हिमक्षेत्र, हिमनदी र हिमतालहरुको अवस्था हिन्दकुश-हिमालयको हिमक्षेत्रलाई ध्रुवीय क्षेत्रपछिको सबैभन्दा धेरै बरफ भण्डारण भएका कारणले बेलाबखत तेश्रो ध्रुवको नामले समेत सम्बोधन गरिन्छ ।
नेपालबाट बग्ने नदीहरुबाट हुने पानीको मात्रा उल्लेखनीय मानिन्छ । सोही पानीलाई उपयोग गरेर उत्तरी क्षेत्रमा विभिन्न आयोजना निर्माण गरिएका छन् । रसुवाको लाङटाङमा मात्रै केही आयोजना निर्माण गर्ने गरी जिम्मा दिइएको छ ।
राष्ट्रिय निकुञ्जभित्र आयोजना निर्माणको अनुमति दिन नमिल्ने भएपनि शक्तिकेन्द्र प्रयोग गरेर आयोजनाको अनुमति लिइएको छ । लाङटाङ भोटेकोशीको नाममा अनुमति लिइएको सो आयोजना पनि हिमनदी तथा हिमपहिरोको जोखिममा पर्ने अनुमान गरिन्छ ।
नेपाललगायत हिन्दकुश-हिमालय क्षेत्रमा रहेको बरफको सञ्चितीमा हुने परिवर्तनले विश्व समूदायको ध्यान यता आकर्षित गरेको हो ।
डिग चो हिमतालको बिष्फोटनपछि आएको बाढीले करीब १५ लाख अमेरिकी डलरको लागतमा निर्माणाधिन नाम्चे साना जलविद्युत् परियोजना ध्वस्त पार्नुका साथै सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा व्यापक क्षति पुर्याएको थियो ।
भोटेकोशी, तामाकोशी र अरुण नदीमा बिभिन्न समयमा आएका धेरै हिमताल बिष्फोटनपछिका बाढीहरु तिब्बत क्षेत्रमा शुरु भएका कारण त्यति चर्चामा आएनन् । कतिपय अवस्थामा यसलाई माथिल्लो तटीय क्षेत्रमा भएको मुसलधारे वर्षाको परिणाम हो भन्ने पनि ठानियो ।
अमेरिका जस्ता औद्योगिक देशले जलवायु परिवर्तनको विषयलाई नजरअन्दाज गर्दै आएको छ । भारत र चीनले पनि यस विषयलाई खासै चासो दिएका छैनन् । जसका कारण पानीको हाहाकार हुने र अशान्ति बढ्ने देखिन्छ ।
तर, जलवायु परिवर्तनका कारण हिमताल बिस्फोट हुने क्रम अझै बढ्ने र त्यसले विशेष गरी नदीप्रवाहमा आधारित आयोजनालाई बढी समस्यामा पार्नेछ । तर, गैरसरकारी तहबाट त्यसबारेमा राम्रै अध्ययन भएपनि सरकारी तहमा हालसम्म कुनै प्रयास भएको छैन ।
विशेषगरी राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद ओलीले जलवायु परिवर्तनले पारेको असरका कारण जलविद्युत् आयोजना बढी मर्कामा पर्ने बताउँदै आएका छन् । उनले हरेकजसो सार्वजनिक समारोहमा सो विषय उठाए पनि आयोगका तर्फबाट पनि त्यसबारेमा ठोस अध्ययन तथा अनुसन्धान भएको छैन ।
हिमताल बिष्फोटन हुँदा बरफ, ढुङ्गा र माटोले बनेको बाँध फुटाई हिमतालमा रहेको अधिकांश पानी एकैपटक निस्कनाले अचानक बाढीको रुप लिई तल्लो तटीय क्षेत्रमा आउने हुन्छ । त्यसले माथिल्लो क्षेत्रमा भन्दा पनि तल्ला क्षेत्रमा बढी नोक्सान गर्नेछ । विशेषगरी च्छोरोल्पा तालले सधै जोखिम नै पारिरहेको छ ।
मुसलधारे वर्षापछि आउने वा माथिल्लो क्षेत्रमा भू-स्खलनपछिको बाँध फुटाएर आउने प्रकृतिको ठूलो र प्रलयकारी बाढी देखिन्छ । प्रत्यक्षदर्शीहरुका अनुसार यो बाढी मेघ गर्जेजस्तो आवाज गर्दै हिलोको गन्धसहित ठूला ढुङ्गा र रुख समेटिएको पानी र हिलो सरोवर भएको हुन्छ ।
अग्लो पर्खाल सरेजस्तो सर्दै आउने हुनाले बाटोमा पर्ने सबैथोक सोहरेर लैजान्छ । यस्तो बाढी आउदा केही समय किनाराका क्षेत्रमा बितण्डा मच्चाउछ र ठूलो बिनाश छोडेर जान्छ । यसरी हिमताल बिष्फोटनले छाडेका बिनाशको असर आउदा धेरै वर्षसम्म पनि देखिने इसिमोडको अध्ययनमा समेटिएको छ ।
भारतमा आइतबारमात्रै आएको बाढीपछि स्थानीयले सामाजिक सञ्जालमा राखिएका भिडिओहरूमा बाढीको भेल तीव्र गतिमा पसेर धौलीगंगा नदीको छेउछाउमा रहेका बस्तीमा डुवान भएको छ । नदी क्षेत्रमा धेरै नोक्सानी पुर्याएको भिडियोहरूमा देखिन्छ ।
धौलीगंगा त एउटा उदाहरण मात्रै हो । २१०० सम्म उत्तरी क्षेत्रमा रहेका ५० प्रतिशतबढी हिमताल बिस्फोट हुने अनुमान पनि सार्वजनिक भएको छ । उत्तरी तथा दक्षिणी धुव्र एवम् अन्र्टाटिकामा रहेको बरफै बरफको साम्राज्य पग्लदै जाँदा समुन्द्रमा पानीको सहत बढ्न जान्छ । त्यसले टापु देशहरुमा बढी समस्या आउनेछ ।
फिलिपिन्स र मालदिभ्स जस्ता देशहरु समुन्द्रमुनी पर्ने अवस्था आउनेछ ।
यस्तै, बर्मादेखि इरानसम्म फैलिएको हिन्दकुश क्षेत्रमा सयौं हिमताल बिस्फोट हुँदा त्यसले पहाडी देशहरु बढी मर्कामा पर्नेछन् । अर्बौ डलर बराबरको क्षति हुने छ ।
अमेरिका जस्ता औद्योगिक देशले जलवायु परिवर्तनको विषयलाई नजरअन्दाज गर्दै आएको छ । भारत र चीनले पनि यस विषयलाई खासै चासो दिएका छैनन् । जसका कारण पानीको हाहाकार हुने र अशान्ति बढ्ने देखिन्छ ।