इरानले २ वटा मिसाइल साइप्रसतर्फ गर्यो प्रहार

2.9k
Shares

एजेन्सी । बेलायती रक्षामन्त्री जोन हिलीले स्काई न्युजलाई बताएअनुसार, हजारौं बेलायती सैनिकहरू तैनाथ रहेको साइप्रसतर्फ इरानले दुईवटा मिसाइल प्रहार गरेको छ ।

उनले भने, ‘ती मिसाइलहरू साइप्रसलाई नै लक्षित गरी प्रहार गरिएका हुन् भन्ने हामीलाई लाग्दैन तैपनि यो एउटा यस्तो शासनबाट उत्पन्न वास्तविक र बढ्दो खतराको उदाहरण हो जसले यस क्षेत्रभरि जथाभावी आक्रामक रूपमा प्रहार गरिरहेको छ र यसले हामीलाई कदम चाल्न बाध्य बनाउँछ ।’

शनिबार इरानले गरेका आक्रमणहरू बहराइनमा रहेका बेलायती सैनिकहरूको केही सय मिटरको दूरीभित्रै खसेको पनि रक्षामन्त्रीले जानकारी दिए ।

Skip This