मध्यपूर्वमा तनाव, आठ वायुसेवाका १४ उडान रद्द

0
Shares

काठमाडौं । मध्यपूर्वमा शनिबारदेखि बढेको तनावका कारण ८ वायुसेवाका १४ १४ उडान रद्द भएका छन् । मध्यपूर्वका ९ वटा देशका वटा देशका एयरस्पेस (हवाई उडान) बन्द भएका कारण ति उडान रद्द भएका हुन् ।

अन्तर्राष्ट्रिय उडान बन्द हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने कुवेत, कतार, यूएई, इरान, इजरायल, इराक, जोडन, लेबलान र बहराइनका एयरस्पेस बन्द हुँदा यि उडान रद्द भएका हुन् ।

आइतबारका लागि तय भएका यी देशबाट नेपालमा उडान हुने र नेपालबाट जाने ८ वटा वायुसेवाका १४ वटा उडान रद्द भएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान रद्द भएपनि यात्रु आउँदै सोधपुछ गरेर फर्कदै गरिरहेको पनि विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

अन्तर्राष्ट्रिय उडानका वायुसेवाले उडान गर्न नसक्दा त्रिभुवन विमानस्थबाट हुने ४० वटा अन्तर्राष्ट्रिय उडानको तालिकामा अधिकांश रद्द भएको विमानस्थलका प्रवक्ता सन्तुष्ट कुमार बस्नेतले बताए ।

ल कतार, यूएई, कुवेत, इरान, इराक, इजरायल, जोर्डन, लेवनान र बहराइनको एयरस्पेस बन्द भएकोले ती गन्तव्यमा हुने उडान पूर्ण रुपमा प्रभावित भएका छन । नेपालबाट ती मुलुकमा जहाँ उडान हुन्थ्यो ती सबै रोकिएको छ ।

काठमाडौं विमानस्थलबाट हुने कुवेतको जजीरा एयरको एक, कुवेत एयरको दुई, संयुक्त अरव इमिरेट्स (यूएई)को दुई, एयर अरेवियाको तीन, फ्लाई दुवाई दुई, नेपाल एयरलाइन्सको एक, कतार एयरवेजको तीन, हिमालय एयरलाइन्सको दुई वटा उडान रद्द भएका छन् ।

नेपाल वायुसेवा निगमको दैनिक ११ वटा अन्तर्राष्ट्रिय उडान मध्ये आइतबारको लागि ४ वटा मात्रै उडान तालिका राखिएको छ ।

Skip This