नेप्सेमा ५ कम्पनीको २ करोड ६२ लाख कित्ता सेयर सूचीकृत



काठमाडौं । यस साता नेपाल स्टक एक्सचेञ्जमा कूल २ करोड ६२ लाख ४५ हजार २८६ कित्ता सेयर सूचीकृत भएको छ ।

विभिन्न ५ कम्पनीका सेयर सूचीकृत भएको नेप्सेले जानकारी दिएको छ । समृद्धि फाइनान्सको ४ लाख ३० हजार ६३९ कित्ता राइट सेयर सूचीकृत भएको छ ।

यस्तै, सानिमा बैंकको ८८ लाख १ हजार ३८० कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेका अनुसार चिलिमे हाइड्रोपावर कम्पनीको ५७ लाख ९ हजार ७६२ कित्ता बोनस सेयर, नेपाल फाइनान्सको १६ लाख ९७ हजार ५०६ कित्ता राइट सेयर र नेपाल क्रेडिट एण्ड कमर्स बैंकको ९६ लाख ५ हजार ९९७ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।


क्लिकमान्डु