राष्ट्र बैंकले सेयर बजारलाई असर पर्ने कुनै काम गर्दैन- गभर्नर अधिकारी



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले मार्जिन धितोकर्जालाई परिवर्तन गरेपनि त्यसले सेयर बजारलाई असर नपर्ने गरी परिवर्तन गर्ने बताएका छन् ।

सेयर लगानीकर्ताका संघ सँगको भेटमा उनले यस्तो बताएको सेयर लगानीकर्ता संघका उपाध्यक्ष तारा प्रसाद फुलेलले बताए ।

अधिकारीले सेयर लगानीकर्ताको अहितमा हुने कुनै पनि निर्णय नगर्ने बताएको उनको भनाइ छ ।

सेयर लगानीकर्ताका संघ सँगको भेटमा अधिकारीले मौद्रिक नीतिको तीन महिनाको समिक्षा गर्दा लगानीकर्ताको अहितमा हुने कुनै पनि निर्णय नगर्ने बताएका छन् । उनले लगानीकर्ताको माग प्रति राष्ट्र बैंक सकारात्मक रहेको समेत जानकारी गराएका छन् ।

लगानीकर्ताहरुले पहिला डेपुटी गभर्नर शिवाकोटीलाई भेटेर ज्ञापन पत्र बुझाएका थिए भने पछि गभर्नर अधिकारीलाई पनि भेटेका थिए ।

शिवाकोटीले पनि लगानीकर्ताको अहितमा हुने गरी कुनै पनि काम नगर्ने बताए । नेपाल पुँजिबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलका अनुसार  यो विषयमा बसेर पुन छलफल गर्ने शिवाकाेटीले बताए ।

उनले लगानीकर्ताहरुलाई राहत दिने गरी काम गर्ने र त्यसकाे लागि प्रयाप्त छलफल गरेर नै अघि बढने बिश्वास दिलाएकाे पाेखरेलकाे भनाइ छ । लगानीकर्ताकाे मागकाे बिषयमा राष्ट्र सकारात्मक देखिएकाे उनकाे भनाइ छ ।


क्लिकमान्डु