कारोबार सुरु भएको १५ मिनेटमा सेयर बजारमा ५० अंकको गिरावट



काठमाडौं । कारोबार सुरु भएको १५ मिनेटमा सेयर बजार ५०.१८ अंकले घटेको छ । बजार मापन गर्ने सूचक ५०.१८ अंकले घटेर २००५.२७ बिन्दुमा रहेको छ ।

अहिलेसम्म १४३ कम्पनीको ८ लाख २५ हजार ९५४ कित्ता सेयर ५८ करोड २५ लाख ३१ हजार २४८ रुपैयाँमा किनबेच भएको छ ।

यो समाचार तयार पार्दासम्म ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ८.७१ अंकले घटेर ३८३.५७ बिन्दुमा रोकिएको छ ।

कारोबारमा होटल बाहेक सबै समूहको उपसूचकमा गिरावट आएको छ । बैंकिङ समूहको उपसूचक ३४.०२ अंकले घटेको छ ।


क्लिकमान्डु