महासंघको विशिष्ट सदस्यमा पशुपति मुरारका नियुक्त



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले विशिष्ट सदस्यमा पशुपति मुरारका नियुक्त भएका छन् ।

मुरारका नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष हुन् । महासंघको बरियताक्रममा उनी अध्यक्ष,निवर्तमान अध्यक्षपछि तेस्रोमा हुने छन् ।

महासंघ अध्यक्ष शेखर गोल्छाको कार्यकारिणी समितिको बैठकले मुरारकालाई विशिष्ट सदस्यमा चयन गरेको हो । यस्तै बैठकले बरिष्ठ सदस्यमा बरिष्ठ उपाध्यक्षमा पराजित किशोर प्रधानलाई चयन गरेको छ ।

महासंघले सोमबार कोषाध्यक्ष चयन सोमबार गर्ने छ । निर्वाचित कार्यकारिणी सदस्यबाट कोषाध्यक्षको चयन हुने छ ।


क्लिकमान्डु