लगानीकर्ताको ध्यान प्राेफिट बुक गर्न, नेप्सेसँगै कारोबार रकम घट्यो



काठमाडौं । चाडबाड नजिकिएसँगै सेयर लगानीकर्ता नाफा बुक गर्न तर्फ लागेका छन् । लगानीकर्ता नाफा बुक गर्न लाग्दा बजारमा सामान्य गिरावट आएको छ ।

बजार मापन गर्ने सूचक ७.४२ अंकले घटेर १५६१.१७ बिन्दुमा रोकिएको छ । १९५ कम्पनीको ५२ लाख ९१ हजार ३१४ कित्ता सेयर १ अर्ब ४९ करोड ६३ लाख ८७ हजार ९९२ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचकमा गिरावट आएको छ । कारोबारमा बैंकिङ, विकास बैंक, जलविद्युत, वित्त, निर्जीबन बीमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, जीवन बीमा समूहको उपसूचकमा गिरावट आएको छ ।


क्लिकमान्डु