साढे १५ अर्ब बढीको ऋणपत्र पाइपलाइनमा, कुनको ब्याजदर कति ?



काठमाडौं । नेपाल धितोपत्र बोर्डका अनुसार पाँच वटा बैंकको १५ अर्ब ६० करोड रुपैयाँको १ करोड ५६ लाख कित्ता ऋणपत्र स्वीकृतिका लागि पाइपलाइनमा रहेका छन् ।

हाल ५ वटा बैंकले ऋणपत्र जारी गर्नको लागि बोर्डमो आवेदन दिएका छन् ।

जसमा ग्लोबल आईएमई, नेपाल इन्भेष्टमेन्ट, सानिमा, नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) र बैंक अफ काठमाण्डूको ऋणपत्र बोर्डको पाइपलाइनमा रहेका छन् ।

ऋणपत्र जारी गर्न अनुमतिको लागि बोर्डको पाइपलाइनमा रहेको ग्लोबल आईएमई बैंकले १० वर्ष अवधिको लागि ३ अर्ब रूपैयाँको ३० लाख कित्ता ‘८.५ प्रतिशत, १० वर्ष ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७’ निष्कासन गर्नका पाइपलाइनमा रहेको छ । यसको ब्याजदर ८.५ प्रतिशत रहेको छ ।

बैंकले जारी गर्न लागेको ३० लाख कित्ता ऋणपत्र मध्ये १२ लाख कित्तामा सर्वसाधारण र १८ लाख कित्ता ऋणपत्र बैंकले संघ संस्थालाई बिक्री गर्ने जनाएको छ । यसको बिक्री प्रबन्धक सेन्चुरी क्यपिटल मार्केट रहेको छ ।

यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकले पनि ७ वर्षको लागि ४ अर्ब रूपैयाँको ४० लाख कित्ता कित्ता ‘८.५ प्रतिशत ७ वर्ष नेपाल इन्भेष्टमेन्ट बैंक बन्ड २०८८’ निष्कासन गर्ने भएको छ ।

यसको ब्याजदर ८.५ प्रतिशत रहेको छ । बैंकको ऋणपत्रमा सर्वसाधारणले १६ लाख कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने छन भने बाँकी रहेको २४ लाख कित्ता बैंक आफैले विभिन्न संघ संस्था तथा व्यक्तिलाई बिक्री गर्ने छ । यसको बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ ।

बोर्डको पाइपलाइनमा सानिमा बैंक रहेको छ । बैंकले १० वर्षको लागि ४ अर्ब रूपैयाँको ४० लाख कित्ता ‘१०.२५ प्रतिशत सानिमा बैंक डिबेन्चर २०८६’ बिक्री गर्न बोर्डको पाइपलाइनमा रहेको छ ।

बैंकले ऋणपत्रमा १०.२५ प्रतिशत व्याज दिने छ । बैंकले बिक्री गर्न लागेको ४० लाख कित्तामा सर्वसाधारणले १६ लाख कित्तामा आवेदन दिने पाउने छन भने बैंक आफैले २४ लाख कित्ता विभिन्न संघ संस्था तथा व्यक्तिलाई बिक्री गर्नेछ । ऋणपत्रको बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

ऋणपत्र निष्काशनको तयारीमा नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक पनि रहेको छ । बैंकले १० वर्ष अवधिको लागि ३ अर्ब रूपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र ‘१०.५ प्रतिशत एनसीसी ऋणपत्र २०८६’ निष्कासन गर्ने भएको हो । यसको ब्याजदर १०.५ प्रतिशत व्याजदर रहेको छ ।

उक्त ऋणपत्रमा सर्वसाधारणले १२ लाख कित्ता र बैंक आफैले विभिन्न संघ संस्था तथा व्यक्तिलाई १८ लाख कित्ता सेयर बिक्री गर्नेछ । ऋणपत्रको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ ।
ऋणपत्र जारी गर्नको लागि बोर्डको पाइपलाइनमा बैंक अफ काठमाण्डू पनि रहेको छ । बैंकले १० वर्षको लागि १ अर्ब ६० करोड रूपैयाँको १६ लाख कित्ता ‘१०.२५ प्रतिशत डिबेन्चर २०८६’ निष्कासन गर्न लागेको छ ।

यसको ब्याजदर १०.२५ प्रतिशत व्याजदर रहेको छ ।

बैंकले जारी गर्न लागेको १ अर्ब ६० करोड रूपैयाँको १६ लाख कित्ता ऋणपत्रमा सर्वसाधारणले ६ लाख ४० हजार कित्तामा आवेदन दिन पाउने छन भने बैंक आफैले विभिन्न संघ संस्था तथा व्यक्तिलाई ९ लाख ६० हजार कित्ता बिक्री गर्नेछ । ऋणपत्रको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ । यी बैंकलाई बोर्डले अनुमति दिएपछि मात्रै ऋणपत्र जारी गर्न पाउने छन् ।


क्लिकमान्डु