१२५ % हकप्रद सेयर जारी गर्न लागेको नेपाल फाइनान्सको बुक क्लोज कहिले ?



काठमाडौं । नेपाल फाइनान्सको सेयर दाखिला खारेज बन्द (बुक क्लोज) कात्तिक ६ गते गर्ने भएको छ ।

फाइनान्सले १ः१२ प्रतिशत अर्थात १२५ प्रतिशत हकप्रद सेयर जारी गर्न धितोपत्र बोर्डबाट अनुमति लिइसकेको छ । त्यही हकप्रदका लागि कात्तिक ६ गते बुक क्लोज गर्न लागेको हो । फाइनान्सल १ः१.२५ अनुपातमा १६ लाख ९७ हजार ५०६.२५ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

हाल फाइनान्सको चुक्ता पुँजी १३ करोड ५८ लाख ३१ हजार रूपैयाँ रहेको छ । १२५ प्रतिशत हकप्रद सेयर निष्कासनपछि ३० करोड ५५ लाख रूपैयाँ पुग्नेछ । हकप्रदको बिक्री प्रबन्धक प्रभु क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ ।


क्लिकमान्डु