सेयर लगानीकर्ता फेस्टिबल मुडमा, सूचकसँगै कारोबार रकम घट्यो



काठमाडौं । यतिबेला सेयर बजारका लगानीकर्ताहरु फेस्टिबल मुडमा देखिएका छन् । दशै नजिकिँदै जाँदा लगानीकर्ताहरुले नाफा बुक गर्न तर्फ लागेको देखिएको छ ।

यो दिन बजार मापन गर्ने सूचक ९.४२ अंकले घटेर १५६८.५९ बिन्दुमा रोकिएको छ । बजारमा गिरावट आएसँगै कारोबार रकममा पनि गिरावट आएको छ । १९३ कम्पनीको ६७ लाख ८२ हजार ९४७ कित्ता सेयर १ अर्ब ८१ करोढ ९६ लाख ३८ हजार ९७७ रुपैयाँको सेयर किनेबच भएको छ ।

कारोबारमा अधिकाशं समूहको उपसूचकमा गिरावट आएको छ । कारोबारमा अधिकांश समूहको सूचकमा गिरावट आएको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत, निर्जीबन बीमा, जीबन बीमा, माइक्रोफाइनान्स समूहको उपसूचकमा गिरावट आएको छ ।


क्लिकमान्डु