राजस्व कम भएपछि विदेशी रक्सी आयातमा लागेको प्रतिबन्ध हट्यो, दशैंअघि विदेशी रक्सी ल्याउन सजिलो



काठमाडौं । सरकारले विदेशी मदिराको आयातमा लागेको प्रतिबन्ध हटाएको छ । मन्त्रिपरिषद्को बैठकले विदेशबाट ल्याउने विदेशी मदिराको आयातमा लगाएको प्रतिबन्ध हटाउने निर्णय भएको जानकारी सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिए ।

सरकारले गत चैतमा लकडाउन लगाएसँगै विदेशी विनिमय सन्चितीमा असर गर्ने भन्दै विदेशबाट आउने मदिरा आयातमा प्रतिबन्ध लगाएको थियो । यस्तै ५० हजार अमेरिकी डलरभन्दा माथिको गाडीको आयातमा लागेको प्रतिबन्ध समेत लगाएको थियो । सो प्रतिबन्ध भने व्यक्तिगत तर्फ कायम नै राखेको छ ।

नेपालमा प्रमुख रुपमा विदशी मदिराको आयात व्यवसायिक घराना विशाल ग्रुपले गर्छ । उ अन्तर्गत जोनी वाकर ब्राण्डका मदिरा रहेका छन् ।


क्लिकमान्डु