एनआरएनएलाई सेयर बजारमा लगानी गर्न बोर्ड अध्यक्ष ढुंगानाको विशेष आग्रह



काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष भिष्मराज ढुंगानाले गैर आवासीय नेपाली संघ (एनआरएनए) लाई नेपालको पुँजी बजारमा लगानी गर्नको लागि विशेष आग्रह गरेका छन् ।

संघले आयोजना गरेको कार्यक्रममा उनले यस्तो आग्रह गरेका हुन । अहिले नेपालको पुँजी बजारमा लगानी गर्नको निकै सजिलो रहेकोले त्यो समयमा संघले लगानी गर्नु प्रभावकारी हुने बताए ।

यसअघि बैंक तथा वित्तीय संस्था, जलविद्युत कम्पनी, बीमा कम्पनी लगायतमा लगानी रहेको भन्दै आगामी दिनमा यस्ता क्षेत्रका साथै दोस्रो बजारमा लगानी गर्न आाग्रह गरेका हुन ।

अहिले पुँजी बजारमा कारोबार गर्नको लागि अनलाइन प्लेटफर्म, बुक बिल्डिङ प्रणाली लागु हुने अन्तिम चरणमा रहेको, म्यूचुअल फण्डहरुलाई नियमनमा ल्याउने क्रममा रहेको जानकारी गराए ।

सेयर कारोबारका लागि सी–आश्वा र मेरो सेयरको कारण लगानीकर्ताहरुको लागि सहज भएको बताए ।

सेयर बजारमा पहिला भन्दा धेरै सुधार आएको र कोरोनाको समयमा दोस्रो बजारमा अनलाइन कारोबार फस्टाएको उनको दाबी छ । अनलाइन ट्रेडिङ सिस्टमले निकै राम्रो काम गरेको र कारोबार गर्नको लागि सहज भएको उनको दाबी छ ।

लकडाउन यता नेप्से इन्डेक्समा केही सुधार देखिएको र पछिल्लो समयमा बजार पुँजीकरणमा नयाँ रेकर्ड समेत कायम गरेको उनको तर्क छ ।

उनले धितोपत्र बोर्डले कमोडिटी बजारलाई सञ्चालनमा ल्याउनको लागि कानूनी आधार पुरा गरेको जानकारी गराए । अब केही समयमा नै कमोडिटी बजार सञ्चालनमा ल्याउने समेत जानकारी गराए ।


क्लिकमान्डु