जनरल इन्स्योरेन्सको आइपीओमा रेकर्ड ब्रेक आवेदन, अर्को हप्ता बाँडफाँड ५ लाख बढीले सेयर नपाउने



काठमाडौं । निर्जीवन बीमा कम्पनी जनरल इन्स्योरेन्सको साधारण सेयर(आइपीओ)मा रेकर्ड ब्रेक आवेदन परेको छ ।

निष्कासन तथा बिक्री प्रवन्धक एनआईबिएल एस क्यापिटलका अनुसार ८ लाख १६ हजार जनाको आवेदन परेको छ । तथ्यांक संकलनको कार्य जारी रहेको हुँदा यो संख्या बढ्न सक्छ ।

विगतमा पर्ने आइपीओलाई विश्लेषण गर्दा ८ लाख जना आवेदक सेयर पाउनको लागि योग्य हुने देखिन्छ । जनरल इन्स्योरेन्सले ३० लाख कित्ता आइपीओ बिक्री खुल्ला गरेपनि सर्वसाधारणले पाउने २७ लाख कित्ता मात्र हो । यस आधारले २ लाख ७० हजार आवेदकले १० कित्ताको दरले सेयर बाँडफाँडबाट पाउने छन् भने अरुको हात खाली हुने छ ।

आइपीओ बाँडफाँड आगामी साता हुने छ । बैंकहरुले कति छिटो प्रमाणित गरेर आवेदकको सूचि पठाउन सक्छन् त्यो आधारमा बाँडफाँड छिटोढिलो हुन्छ । पछिल्लो समय कोभिडका संक्रमित बैंकमा पनि बढेको हुँदा यो पटक केही ढिलो हुने अनुमान गर्न सकिन्छ ।


क्लिकमान्डु