एनआईसी एशिया बैंकले ७.७५ प्रतिशत ब्याजदरमा सेयर धितो कर्जा दिने



काठमाडौं । एनआईसी एशिया बैंकले ७.७५ प्रतिशत ब्याजदरमा सेयर धितो कर्जा दिने घोषणा गरेको छ । बैंकले दिने सेयर धितो कर्जाको ब्याजदर बैंकिङ क्षेत्रमा हालसम्म कै सर्वाधिक न्यूनतम ब्याजदर हो ।

बैंकले आवश्यक कागजात प्राप्त भए पश्चात् ४८ घण्टाभित्र नै न्यूनतम १ करोड देखि अधिकतम १५ करोडसम्मको कर्जा रकम प्राप्त गर्न सक्ने व्यवस्था बैंकले गरेको छ ।

जसका लागि नेपाल स्टक एक्सचेन्जमा सूचीकृत बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी लगायत अन्य विभिन्न कम्पनीहरूको साधारण शेयर धितो राखेर १२० दिनको सेयरको औसत बजार मुल्य वा पछिल्लो कारोबार मूल्य मध्ये जुन कम छ, त्यसको ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

साथै सो योजनाअन्तर्गत ५० लाखसम्मको ओभरड्राफ्ट कर्जा समेत लिन सकिने बैंकले जनाएको छ ।

बैंकले हाल मुलुकभरका ३२६ शाखा कार्यालयहरू, ४६६ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दे आइरहेका छ ।


क्लिकमान्डु