बिनोद चौधरीलाई कोरोना पोजेटिभ



काठमाडौं । अर्बपति व्यवसायी बिनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । चौधरी आफैले सामाजिक सञ्जाल ट्विटरबाट उक्त कुराको पुष्टि गरेका हुन् ।

यसबारेमा जानकारी दिँदै चौधरीले लेखेको छन्, ‘प्रिय साथी तथा शुभचिन्तकहरु, आज बिहान गरेको पीसीआर परीक्षणमा मलाई कोरोना संक्रमण पुष्टि भएको छ । भगवानको कृपाले अहिलेसम्म कुनै लक्षण देखिएको छ । डाक्टरको सुझावका आधारमा म घरमै आइसोलेसनमा बसेको छु । कृपया मसँग सम्पर्कमा रहनु हुने सबैले सम्भव भएसम्मका सावधानी अपनाउन आग्रह गर्दछु ।’

चौधरी प्रतिनिधिसभामा नेपाली कांग्रेसका सांसद समेत हुन् ।

पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम अत्यन्तै बढेको छ । हाल प्रत्येक दिन औसतमा २५० भन्दा बढी काठमाडौंमा मात्रै संक्रमित भेटिन थालेका छन् । कोरोनाको जोखिम बढेसँगै काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रशासन कार्यायले भदौ ४ गतेदेखि १७ गतेसम्म निषेधाज्ञा जारी गरिसकेको छ । हाल मुलुकका ४० भन्दा बढी जिल्लामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा लागू भएको छ ।

 


क्लिकमान्डु