सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब ब्रुनई बाट



काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ब्रुनाई बाट पनि सेवा दिने भएको छ ।

ब्रुनईको साइमलाइ रेमिट्यान्स र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स सम्झौता भएको छ ।

ब्रुनईमा रहेका नेपालीहरुले साइमलाई रेमिट्यान्सको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् ।

नेपालमा सिटी एक्सप्रेससँग आबद्ध ८ हजार ५ सय भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने छ । नेपालको जुन सुकै बैंकको खातामा रकम जम्मा गर्न र मोबाइल वालेटमा लोड गर्न सकिने छ ।

उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र साइमलाई को तर्फबाट निर्देशक दमितले हस्ताक्षर गरेका छन् ।

सिटी एक्सप्रेसले कोरिया, जापान, कतार, साउदी, कुवेत, मलेसिया, अष्ट्े«लिया लगायत देशहरु मार्फत विप्रेषण सेवा प्रदान गर्दै आईरहेको छ ।


क्लिकमान्डु