कोरोनासँग लड्न माछापुच्छ्रे बैंकले सरकारलाई १ करोड ६ लाख रुपैयाँ दियो
काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि माछापुच्छ्रे बैंकले १ करोड ६ लाख रुपैयाँ बराबरको सहयोगको घोषणा गरेको छ ।
बैंकले कोरोना रोकथाम तथा उपचार र आवश्यक तयारीका लागि केन्द्रिय सरकार अन्तर्गतको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई ५१ लाख उपलब्ध गराउने घोषणा गरेको छ भने ७ वटै प्रदेश सरकारलाईरु ५/५ लाख रुपैयाँका दरले कुुल ३५ लाख रकम सहयोग हस्तान्तरण गरिसकेको छ ।
बैंकले विहिबार ७ वटै प्रदेश सरकारका मुख्यमन्त्रीहरुलाई ५/५ लाखका दरले कुुल ३५ लाखको चेक हस्तान्तरण गरेको हो ।
यसअघि बैंकले आमनागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै काठमाण्डौं महानगरीय प्रहरी कार्यालयको समन्वयमा काठमाण्डौ र भक्तपुरका अत्यन्त भिडभाड हुने प्रमुख १६ स्थानहरुमा पानी ट्यांकी सहित हातधुने ठाउँको व्यवस्था गरेको थियो ।
स्थानीय निकायहरुको समन्वयमा बैंकले दैनिक ज्याला मजदुुरी गरेर छाक टार्दै आएका अतिविपन्न परिवारलाइ खाद्यान्न उपलब्ध गराएको हो । उक्त कार्यहरुमा बैंकले २० लाख रुपैयाँ खर्च भएको जनाएको छ ।
बैंकले कोरोनाविरुद्ध देशभरका अभियानलाई सघाउन संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै १ करोड ६ लाख रुपैयाँ सहयोग गरेको हो ।
बैंकिङ्ग क्षेत्र अत्याबश्यक क्षेत्र अन्र्तगत पर्ने भएको हुँनाले माछापुच्छ«े बैंकले लकडाउनको समयमा हरेक दिन देशका विभिन्न स्थानमा शाखा कार्यालयहरु खोल्दै आएको छ ।
त्यसैगरी, बैंकले भाइरसको संक्रमण जोखिम न्यूनिकरणका लागि अत्याबश्यक बाहेकका अन्य कामको लागि सकेसम्म बाहिर ननिस्किन आग्रह गर्दै बैंकिङ्ग कारोबारका लागि बैंकले प्रदान गर्दै आइरहेका बिभिन्न डिजिटल भुक्तानीका माध्यमहरुको उपयोग गर्न सबैंमा आग्रह गरेको छ ।
बैंकले प्रदान गर्दै आइरहेका डिजिटल भुक्तानीका माध्यमहरुबाट कारोबार गर्दा कुनै पनि शुल्क नलाग्ने हुँदा नगद कारोबार लाई कम गरिदिनुहुन समेत सम्पूर्ण ग्राहकलाई आग्रह गरेको छ ।