भारत र चीनको नाका एक सातासम्मको लागि बन्द गर्ने मन्त्रीपरिषद्को निर्णय



काठमाडौं । मन्त्रीपरिषद्को बैठकले एकसातासम्मको लागि भारत र चीनको नाका बन्द गर्ने निर्णय लिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले एकसातासम्मको लागि भारत र चीनको नाका बन्द गर्ने निर्णय गरेको एकमन्त्रीले जानकारी दिए ।

सोमबारदेखि एकसातासम्मको लागि दुवैदेशको नाका बन्द हुने छ ।

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले ५० करोडको फण्ड बनाउने निर्णय गरेको छ । जसमा प्रधानमन्त्री र मन्त्रीले एक महिनाको तलब दिने निर्णय गरेको छ । यसका स्वतफुर्त रुपमा पैसा सर्वसाधारण तथा निजी क्षेत्रले दिन सक्छन् ।


क्लिकमान्डु