
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रमाथि आगजनी, लुटपाट र आक्रमण गर्नेलाई कारबाही हुनुपर्ने बताएका छन् ।
देशको अर्थतन्त्र उकास्ने उद्देश्यसहित नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक संवाद कार्यक्रममा श्रेष्ठले यस्तो बताएका हुन् ।
‘गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रमाथि गरिएको आगजनी, लुटपाट र आक्रमणमा संलग्नलाई कारबाही गर्नुहुन्छ भन्ने आशा छ । यसबाट हामीलाई सुशासनको प्रत्याभूति दिलाउने काम हुन्छ,’ श्रेष्ठले भने, ‘निजी क्षेत्रको मनोबल बढाउन यहाँहरुले थाल्नु भएको पहल सार्थक बन्दै लगानीमैत्री वातावरण बनाउन भूमिका खेल्नुहुन्छ भन्ने लागेको छ ।’
नयाँ पुस्ताले माग गरेको सुशासनको विषयमा निर्वाचनपछिको सरकारले पनि निरन्तरता दिने र त्यसमा निजी क्षेत्रले पनि सहज वातावरण पाउने विषय उनले राखे ।
आर्थिक विकास, लगानी प्रोत्साहन र समृृद्धिका लागि राजनीतिक स्थायीत्व सबैभन्दा महत्वपूर्ण विषय भएको उनको भनाइ छ । निजी क्षेत्रको सुधार बिना मुलुकको विकास नहुने कुरालाई सबैले मनन गर्नुपर्ने धारणा उनले राखे ।








प्रतिक्रिया