विश्वभर एक लाखभन्दा बढीमा कोरोनाको संक्रमण, कुन उमेर समूहमा बढी जोखिम ?



विश्वभर हालसम्म १ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ । चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमण दक्षिण कोरिया र इरानहुँदै विश्वका १०३ देशमा फैलिएको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक हेर्दा नेपालमा हालसम्म १ जनामा कोरोना भाइरसको प्रभाव देखिए पनि उपचारपछि निको भइसकेको छ । भने जोखिम भने अझै पनि उच्च छ ।

हालसम्म १ लाख ६ हजार ४६५ जनामा यो भाइरस संक्रमण भइसकेको छ भने विश्वभर ३६०० जनाको मृत्यु भइसकेको छ । साथै उपचारपछि ६२ हजार २२८ जनामा यो भाइरसको संक्रमण फैलिइसकेको छ ।

र, अहिले पनि ४२ हजार ६३७ जनामा यो भाइरसबाट संक्रमित छन् ।

कस्तो छ मृत्युदर ?
विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म संक्रमितमध्ये जम्मा मार्च ३ तारिखसम्म ३.४ प्रतिशतेको मृत्यु भएको छ । जसमध्ये चीनमा मृत्युदर ३.८ प्रतिशत छ भने चीनको हुवान प्रान्तमा मृत्युदर ०.७ प्रतिशत छ । यो भाइरसको संक्रमण भएको सामान्यतया १४ दिनको अवधिमा लक्षण देखिन थाल्छ ।

अहिले यो रोग संक्रमित हुने मानिस र देशको संख्या हरेक दिन बढ्दै गइरहेको छ । यो भाइरसले बढी जसो स्वास्थ्य अवस्था कमजोर भएका र वृद्धवृद्धामा बढी हानी पुर्याइरहेको छ । बालबालिकाको तुलनामा यो रोगको संक्रमण ५८ वर्ष उमेर पुगेका र तापक्रम कम हुने ठाउँमा बढी जोखिम रहेको विश्व स्वास्थ्य संगठनको भनाइ छ ।

 


क्लिकमान्डु