साइट समस्याका कारण विश्वभर फेसबुक अवरुद्ध

49
Shares

एजेन्सी । मेटाको सामाजिक सञ्जाल नेटवर्क फेसबुकको डेस्कटप संस्करण आइतबार अवरुद्ध भएको छ ।

प्रयोगकर्ताहरूले ‘खाता अस्थायी रूपमा उपलब्ध छैन । साइटमा आएको समस्याका कारण तपाईंको खाता हाल उपलब्ध हुन सकेको छैन । हामी यो समस्या चाँडै समाधान हुने अपेक्षा गर्दछौं। कृपया केही मिनेटपछि पुनः प्रयास गर्नुहोला’ भन्ने सन्देश देखिरहेका छन् ।

डाउनडिटेक्टर वेबसाइटले आइतबार फेसबुक डाउन सम्बन्धी सर्चहरूमा उल्लेख्य वृद्धि देखाएको छ ।