
एजेन्सी । अमेरिकी राइड-होलिङ कम्पनी उबरले जर्मनीको डेलिभरी हिरो किन्ने प्रस्ताव गरेको छ । प्रस्तावअनुसार कम्पनीको इक्विटी मूल्य करिब १४.८ अर्ब अमेरिकी डलर हुनेछ । सम्झौतासफल भएमा चीनबाहिरको सबैभन्दा ठूलो खाद्य डेलिभरी कम्पनी बन्ने अपेक्षा गरिएको छ ।
योसँगै उबरले आफ्नो विश्वव्यापी खाद्य डेलिभरी व्यवसायलाई थप विस्तार गर्ने लक्ष्य राखेकोछ। कम्पनी अहिले डच समूह प्रोसुसको स्वामित्वमा रहेको जस्ट इट तथा अमेरिकी प्रतिस्पर्धी डोरदाससँग कडा प्रतिस्पर्धामा छ ।
डेलिभरी हिरोका अनुसार, सम्झौता सम्पन्न भए संयुक्त कम्पनीले ९९ देशमा सेवा सञ्चालनगर्नेछ । सन् २०२५ का लागि यसको अनुमानित ग्रस मर्चेन्डाइज भ्यालु करिब २ खर्ब ३६ अर्बअमेरिकी डलर पुग्नेछ, जुन चीनको मैटुनपछि विश्वकै सबैभन्दा ठूलो फुड डेलिभरी प्लेटफर्म हुनेछ ।
उबरका प्रमुख कार्यकारी अधिकृत दारा खोस्रोशाहीले यस सम्झौताले यातायात र डेलिभरी सेवाउपलब्ध गराइने बजारको संख्या झन्डै दोब्बर हुने र ग्राहक तथा शेयरधनीका लागि दीर्घकालीनमूल्य सिर्जना गर्ने बताएका छन् ।
सम्झौता सन् २०२७ मा पूरा हुने अपेक्षा गरिएको छ । उबरले प्रतिसेयर ४१.५० युरो प्रस्ताव गरेकोछ, जुन पछिल्लो तीन महिनाको औसत कारोबार मूल्यभन्दा ३४ प्रतिशत र बुधबारको बन्दमूल्यभन्दा ९ प्रतिशत बढी हो।
नियामकीय स्वीकृति सहज बनाउन डेलिभरी हिरोले आफ्नो १४ वटा बजारको व्यवसाय अमेरिकीलगानी कम्पनी एसएसडब्लु पार्टनर्सलाई करिब १.४ अर्ब युरोमा बिक्री गर्न सहमति जनाएको छ ।
सन् २०११ मा बर्लिनमा स्थापना भएको डेलिभरी हिरोले फुडपान्डा, तालाबात, गोल्भो र पीडीडोस्या लगायतका लोकप्रिय ब्रान्ड सञ्चालन गर्दै आएको छ ।
उबरले सम्झौताअन्तर्गत २०३१ सम्म जर्मनीमा २ अर्ब युरो लगानी गर्ने तथा डेलिभरी हिरोको बर्लिन मुख्यालय र कर्मचारीहरूलाई कम्तीमा २०२९ सम्म कायम राख्ने प्रतिबद्धता पनिजनाएको छ ।






प्रतिक्रिया