निजी क्षेत्रसँगको छलफलपछि प्रधानमन्त्रीले गरे गभर्नरसँग वार्ता, के भयो कुराकानी ?

539
Shares


काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (वालेन) ले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग छलफल गरेका छन् ।

विहीबार प्रधामन्त्री शाहले गभर्नर पौडेललेलाई कार्यालयमा बोलाएर छलफल गरेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उक्त छलफलमा सेयर बजार, बैंकिङ तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विषयमा छलफल भएको प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले बताइन् ।

गत सातादेखि प्रधानमन्त्री शाहले निजी क्षेत्रसँग निरन्तर सम्वाद गरिरहेका छन् । निजी क्षेत्रको विभिन्न प्रतिनिधिहरूसँगको छलफलमा उनीहरुले बैंकिङ क्षेत्रका कतिपय नियामकीय व्यवस्थामा सहजीकरण गर्नुपर्ने माग गर्दै आएका थिए । असार २३ गते जारी भएको मौद्रिक नीतिले उत्साह दिन नसकेको भन्दै निजी क्षेत्रका प्रतिनिधिले प्रधानमन्त्री समक्ष असन्तुष्टी पोखेका थिए । त्यसक्रममा प्रधानमन्त्री शाहले आफूले बैंकर र राष्ट्र बैंकका अधिकारीहरूसँग छलफल गर्ने बताएका थिए ।

प्रधानमन्त्रीले निजी क्षेत्रसँग छलफल गर्दा भुटान भ्रमणमा रहेका गभर्नर पौडेल स्वदेश फर्किएसँगै प्रधानमन्त्री शाहले बोलाएर छलफल गरेका हुन् । ऊर्जा उद्यमीहरुले ऊर्जा क्षेत्रमा लगानी गनुपर्ने कर्जाको सिमा बढाउनुपर्ने माग देखि व्यवसायी र बैंकर कर्जाको वर्गीकरण र नोक्सानी व्यवस्थामा परिमार्जन गर्नुपर्ने लगायतका विषय छलफल भएको हो ।