सरकारले हटाउन लागेको भन्दै अर्थमा १८ वटै मन्त्रालयका करार कर्मचारीहरूको धर्ना (तस्बिरहरू)

539
Shares

काठमाडौं । सरकारले करार सेवामा कार्यरत कर्मचारीलाई हटाउन लागेको भन्दै बिरोध भएको छ ।

बालेन्द्र शाह नेतृत्वको सरकारले आउटसोर्सिङमार्फत कर्मचारी भर्ना गर्ने तयारी गरेको भन्दै १८ वटै मन्त्रालयका करार कर्मचारीहरूले मंगलबार सिंहदरबारस्थित अर्थ मन्त्रालयको मुख्य प्रवेशद्वार अगाडि धर्ना दिएका हुन् ।

सरकारको उक्त तयारीले लामो समयदेखि करार सेवामा कार्यरत हजारौं कर्मचारीको रोजगारी असुरक्षित हुने भन्दै उनीहरूले निर्णय फिर्ता लिन माग गरेका छन् । आन्दोलनरत कर्मचारीहरूले आफूहरूको सेवाको सुनिश्चितता गर्न र आउटसोर्सिङ प्रणाली लागू गर्ने निर्णय रोक्न सरकारसँग आग्रह गरेका छन्।

तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी

Skip This